मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द

११ असार २०८१, सोमबार १४:२१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाव बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ ।माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न सोमबारदेखि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।