मेलम्ची नगरपालिकाका शिक्षकहरुका लागि स्थानीय पाठ्यक्रम र वातावरण सम्बन्धी पाँच दिने आधरभुत तालिम मेलम्चीमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले रिड नेपालले स्थानीय पाठ्यक्रम निर्माण लगायतमा सहयोग गरिरहेको बताउँदै उहाँले तालिमले स्थानीय पाठ्यक्रममा वातावरण विषय समावेश गर्न सहज हुने बताउनुभयो ।
उहाँले कर्मचारी , शिक्षक र जनप्रतिनिधिले समाज परिवर्तनमा अग्रणी भुमिका निर्बाह गर्नुपर्ने बताउँदै उहाँले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि सबैको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
त्यस्तै मेलम्ची नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले
सार्वजनिक विद्यालय जोगाउन आफैं लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले अधिकार सँगै आफ्नो कर्तव्य पनि भुल्न नहुने बताउनुभयो । शिक्षकले पनि आफ्नो बालबालिका सरकारी विद्यालयमा पढाउन इमानदार भएर लाग्न बुढाथोकीले आग्रह गर्नुभयो ।तालिम लिएपछि यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षक तोयानाथ अमाइ र रामचन्द्र पोखरेलले तालिमको सहजीकरण गर्नुहुनेछ ।
स्थानीय पाठयक्रमम वातावरण शिक्षालाई कसरी समेट्ने भन्ने बारे ५ दिन सम्म प्रशिक्षण दिइने संस्थाका परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो ।
तालिममा मेलम्चीका ४,६,१०,११,१२ र १३ नम्बर वडाका १८ विद्यालयका माध्यमिक विद्यालयका ३ र आधरभुतका २ शिक्षक सहभागी छन ।
इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन शुसीला कंडेलले गर्नुभएको थियो ।


