
१ चैत्र २०८१, शनिबार ०२:०९
मेलम्ची, सिन्धुपाल्चोक – माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
पार्टीको नगर समिति अध्यक्षमा क. सि.पि. दुलाल निर्वाचित भएका छन्। उपाध्यक्षमा क. अप्सरा पौडेल, क. भोलानाथ आचार्य र क. परशुराम खतिवडा चयन भएका छन्। क. थन ब. तामाङ ‘अपिल’ सचिवको जिम्मेवारीमा चयन भएका छन् भने सह-सचिवमा क. कैलेन्द्र तामाङ निर्वाचित भएका छन्। कोषाध्यक्षको भूमिकामा क. भिमसेन दुलाल चयन भएका छन्।
त्यसैगरी, अनुशासन समिति प्रमुखमा क. बासुदेव कटुवाल तथा लेखा समिति प्रमुखमा क. प्रकाश दंगाल चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिले संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवगठित समितिलाई पार्टीका नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
