ईन्द्रावती गाउँपालिका, २०८२ जेठ १४ – महिनावारी दिवसको अवसर पारेर ईन्द्रावती गाउँपालिका द्वारा आयोजित पालिका स्तरीय स्वास्थ्य सम्बन्धि हाजिरिजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा आदरणीय पालिका अध्यक्ष श्री झम्क नेपाल ज्यू प्रमुख अतिथि रहनुभएको थियो भने पालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष, अन्य वडाध्यक्षज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू, पालिकाका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका १२ वटै माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। तीव्र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा कमलदेवी मावि, वडा नं.-६ प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, ऐसेलुखर्क मावि, वडा नं.-५ दोस्रो र सिम्पालेश्वरी मावि, वडा नं.-१ तृतीय स्थान प्राप्त गर्न सफल भए।
स्वास्थ्य तथा लैङ्गिक सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरुमा स्वास्थ्य सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै खुला रूपमा संवाद गर्न सक्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
ईन्द्रावती गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



