
२५ चैत्र २०८१, मंगलवार १४:११
काठमाडौं, २६ चैत । सरकारले मन्त्रिपरिषद्का विभिन्न १३ वटा निर्णय सार्वजनिक गरेको छ । आज (मंगलबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले दुई मन्त्रीहरुको विदेश भ्रमणसमेत स्वीकृत गरेको छ । बैठकको निर्णअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आगामी २०८२ जेठ ४ देखि ७ गतेसम्म बेलायतको लण्डनमा हने एजुकेशन वल्र्ड फोरम २०२५ कार्यक्रममा मा सहभागिता जनाउन स्वीकृति पाएका छन् ।
त्यसैगरी, आगामी २०८२ जेठ १५ देखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजित कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।
