१ मंसिर २०८२, आईतवार १४:४४
काठमाडाैं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बैंकहरूले प्रकाशित गरेकाे सूचना अनुसार २० मध्ये १२ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकहरुले स्थिर राखेका छ
ब्याजदर घटाउनेमा एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंक रहेका छन् ।
यता एनएमबि, नेपाल बैंक, एभरेस्ट, ग्लोबल आइएमई, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइजले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

