काठमाडौं, १ भदौ । नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा शिष्टाचार भेट गरेका छन्।
आजै काठमाडौं ओर्लिएका सचिव मिश्रीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउनुका साथै भारत भ्रमणको निम्तो समेत दिएका छन्।
प्रधानमन्त्रीसँगको भेटपछि सचिव मिश्री राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। शिष्टाचार भेटका क्रममा नेपाल–भारतबीच रहँदै आएको ऐतिहासिक सम्बन्ध, पारस्परिक हितका विषय तथा आपसी चासोका विषयमा छलफल भएको शीतलनिवासले जनाएको छ ।
