मेलम्ची, भदौ ५- बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको समन्वयमा रिड नेपालले मेलम्चीमा तालिमको आयोजना गरेको हो।
तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले हरेक विद्यालयमा गुनासो पेटिका राख्न आग्रह गर्दै यसले बालबालिकालाई गुनासो राख्न सहज हुने बताउनुभयो ।साथै उहाँले गुनासोको उचित सम्बोधन गर्न पनि आग्रह गर्नुभयो ।
सहभागी शिक्षकहरु दिपलाल सिग्देल र रेजीना खड्काले तालिम उपलब्धि मुलक भएको तर समय कम भएको बताउदै सिकेको कुरा ब्यबहरमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत बिज्ञ योगबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
संस्थाकी परियोजना संयोजक शोभा सुवेदीले एक वर्ष अघि सञ्चालन गरिएको तालिमको प्रभावकारितासमेत मूल्याङ्कन हुने जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयमा बाल संरक्षण तथा सुरक्षा सुनिश्चितताका लागि निर्माण गरिएका नीति–नियम र त्यसको कार्यान्वयनमा शिक्षकको भुमिकाबारे छलफल गरिएको थियो ।
संस्थाकी वातावरण अधिकृत शुसिला कंडेलका अनुसार तालिममा मेलम्चीका १८ जना शिक्षक सहभागी छन्। तालिमको सहजीकरण संस्थाकी सेफगर्ड अफिसर लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो ।
