९ भाद्र २०८१, आईतवार ०२:४८
देखिएको छ । आरजु प्रतिनिधिसभाको वर्तमान कार्यकालमा सांसद र कांग्रेसभित्र प्रभावशाली नेतृ हुन् ।
कांग्रेस सभापति देउवा अहिलेको दलको नेता छन् । एमालेसँगको सहमतिअनुसार डढे वर्षपछि देउवा प्रधानमन्त्री हुँदै छन् । ओलीले भनेजस्तै महिलालाई प्रधानमन्त्री बनाउन कांग्रेसी दलका नेतामा आरजुलाई चयन गरेर सजिलै बनाउन सकिन्छ । दलको नेतामा श्रीमान वा श्रीमती जो भए पनि के नै फरक पर्छ ।
तर, दलका नेता हुन आरजुका लागि फलामको चिउरा चपाएजस्तै देखिन्छ ’cause यहीबीचमा पार्टीको महाधिवेशन हुने र नेतृत्वमा पुनः देउवा नै आउने भन्ने कुराको ग्यारेन्टी छैन । त्यस्तै, देउवालाई हटाएर आरजुलाई दलको नेता बनाउन डा. शेखर कोइरालादेखि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताले सजिलै स्वीकार्दैनन् ।
हुन त, गत महिना एक सार्वजनिक कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालमा अब महिला प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएका थिए । तर, कोइरालाले भनेको महिला आरजु नै हुन् भन्ने’bout केही बोलेका थिएनन् । महिला प्रधानमन्त्री को हुने’boutमा यसै भन्न सकिने अवस्था छैन । अबको राजनीतिमा हुने फेरबदलले प्रधानमन्त्री महिला हुने हो कि पुरुष नै हुने हो त्यो अहिले नै भन्न सकिँदैन ।