एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने तय भएको छ ।
प्रधानमन्त्री भइसकेपछि ओलीको यो दोस्रो चीन भ्रमण हो । चीनबाट १८ गते बुधबार उनी फर्किने छन् । यही भदौ ३१ गते ओली भारत भ्रमण जाँदैछन् । भारत भ्रमण दुई दिनको हुनेछ ।
