पालिका स्तरीय भलिबल प्रतियोगिता भव्य रुपमा उद्घाटन

२७ फाल्गुन २०८१, मंगलवार ०९:१८

ईन्द्रावती गाउँपालिका वडा नं.-५ द्वारा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिता भव्य रूपमा उद्घाटन भएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता फागुन २७ गतेदेखि २९ गतेसम्म चल्नेछ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री झम्क नेपालज्यूले खेलकुदले समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।

उद्घाटन कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, खेलाडी, खेलप्रेमी तथा स्थानीयबासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका टिमहरूले सहभागिता जनाएका छन्।

प्रतियोगिताको पहिलो दिन विभिन्न रोमाञ्चक खेलहरू सम्पन्न भए भने खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्। आयोजक समितिले प्रतियोगितालाई मर्यादित र प्रतिस्पर्धात्मक बनाउन सबै तयारी पूरा गरेको जनाएको छ।

यस प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुदको प्रवर्द्धन गर्न मात्र नभई युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।