पालिकास्तरीय वडा अध्यक्ष कप भलिबल: उपाधि वडा नम्बर ५ ‘ए’ टिमलाई

२९ फाल्गुन २०८१, बिहीबार १४:२८

नवलपुरमा सम्पन्न पालिका स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर ५ ‘ए’ टिमले जितेको छ। फाइनल खेलमा वडा नम्बर ७ लाई २-० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ५ ‘ए’ टिमले उपाधि हात पारेको हो।

निर्णायक खेलमा आयोजक टिमले वडा नम्बर ७ लाई २५-१८ र २५-२३ को सेटमा पराजित गर्यो। विजेता टिम वडा नम्बर ५ ‘ए’ ले उपाधिसहित ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ।

त्यस्तै, प्रतियोगितामा वडा नम्बर ५ को ‘बी’ टिम तृतीय स्थान हासिल गर्न सफल भयो। उसले वडा नम्बर ६ लाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको हो। तृतीय स्थान प्राप्त टिमले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता वडा नम्बर ७ ले २० हजार नगद पुरस्कार हात पार्यो।

सेमिफाइनल समिक्षा
पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ५ ‘ए’ टिमले आफ्नै ‘बी’ टिमलाई २-१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अर्काे सेमिफाइनल खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई २-१ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई विशेष कार्यक्रमबीच ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरिएको थियो।