१ मंसिर २०८२, आईतवार १२:०१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङकी मेघना गुरुङ ‘फेस अफ किड्स नेपाल – सिजन २, २०२५ (२०७८)’ की विजेता बनेकी छन्। Voice of Nepal को हलमा हिजो सम्पन्न उक्त प्रतिस्पर्धात्मक सौन्दर्य तथा प्रतिभा प्रतियोगितामा उनले विभिन्न चरण पार गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै पहिलो स्थान हात पार्न सफल भएकी हुन्।
बुबा मदन गुरुङ र आमा कुमारी श्रेष्ठ (गुरुङ)की छोरी मेघनाले कम उमेरमै प्राप्त गरेको यस उपलब्धिले परिवार र स्थानीयवासीलाई गर्व दिलाएको छ। मेघनाका बुबा मदन गुरुङ राजनीतिक तथा सामाजिक सेवामा सक्रिय छन् भने आमा कुमारी गुरुङ नर्सिङ पेशामा आवद्ध छन्।
आयोजक संस्थाका अनुसार सिजन २ मा सहभागिता जनाएका बालबालिकाबीच आत्मविश्वास, प्रस्तुती क्षमता, प्रतिभा र अनुशासनका आधारमा मूल्यांकन गरिएको थियो। उत्कृष्ट प्रस्तुतीका साथ अगाडि बढेकी मेघनाले निर्णायकको मन जित्दै पहिलो स्थान हासिल गरेकी हुन्।
स्थानीयवासी तथा विद्यालयले पनि मेघनाको सफलताप्रति शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरेको छ।
