नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोक क्षेत्र नं. २ को अधिवेशन सम्पन्न

२९ चैत्र २०८१, शनिबार १५:४२

सिन्धुपाल्चोक, चैत्र — नेपाल लोकतान्त्रिक खेलकुद संघ, सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतको क्षेत्रीय कार्यसमिति तथा प्रदेश सभा, पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ।

उक्त अधिवेशनमा संघका विश्व गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय मोहन बहादुर बस्नेत रहेका थिए। त्यस्तै, बागमती प्रदेश सांसद तथा संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङ विशेष अतिथि रहेका थिए।

अधिवेशनबाट निर्वाचित क्षेत्रीय कार्यसमितिको अध्यक्षमा प्रकाश बस्नेत र सचिवमा प्रदीप ढकाल चयन भएका छन्। यस्तै, प्रदेश सभा ‘क’ र ‘ख’ अन्तर्गत इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका तथा पाँचपोखरी थाङपाल गाउँपालिकाबाट निर्वाचित अध्यक्षहरू सहितका पदाधिकारी तथा सदस्यहरू पनि चयन भएका छन्।

नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।