
१७ फाल्गुन २०८१, शनिबार १५:१२
विदुर आचार्य
नेकपा एमाले ईन्द्रावती गाउँपालिकाको १२ वटै वडामा एकैदिन बैठक सम्पन्न भएको छ । नेकपा एमालेको वडा केन्द्रीत जरा अभियानको पूर्वतयारीको लागि शनिबार एकै दिन बैंठकहरू सम्पन्न भएको एमाले ईन्द्रावतीले जानकारि दिएको छ । जरा अभियानमा वडा कमिटीले बिस्तारीत्त वडा बैठक, पार्टी सदस्यको पहिचान ( पुराना सबै सदस्य हरु कुन कुन अबस्थामा कहाँ र कुन जिम्मेवारीमा रहेको विवरण तयार गरि जिम्मेवारी दिनुपर्नेलाई माथिल्लो कमिटीमा सिफारिस गरि सक्रिय बनाउने), साबिक वडालाई आधार मानी टोल कमिटी गठन गर्ने, वडा भित्रका जनसङ्ठन (जनबर्गिय संगठन ) गठन गर्ने लगायतका काम गरिने एमाले ईन्द्रावतीका नेता रामबहादुर सुनारले जानकारि दिनुभयो । अभियान अन्तर्गत आफ्नो वडा भित्रका मतदाताको बहुमत संख्या हुने गरि सदस्य ता बिस्तार गर्ने, घरदैलो कार्यक्रम गर्ने, वडा भित्रका सामाजिक संघसंगठनमा पार्टी को नेतृत्व स्थापित गर्ने ( पार्टी को भूमिका प्रभावकारी बनाउने ), जनता का जनजीविकासंग सम्बन्धित एजेण्डा तय गरि सरकारलाई जानकारि गराउने , भ्रष्टाचार, ढिलासुस्ती र अनियमिततमका विरुद्ध खबरदारी गर्ने , वैदेशिक रोजगारीमा रहेकाहरुसंग समवन्ध कायम गर्ने, पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता बिस्तार, सदस्यता डिजिट्लाईजेसन गर्ने कार्य गर्ने, रचनात्मक कार्यक्रम गर्ने जस्ता कार्यक्रम नेकपा एमालेको जरा अभियानमा समावेश हुनेछ ।
