२६ श्रवण २०८२ ईर्खु सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकले “समयमै कार्ययोजना नविकरण गरौं। सामुदायिक वनलाइ प्रगतिशील बनाऔं।” भन्ने मुल नाराका साथ सामुदायिक वन दिवस २०८२ मनायको छ । उक्त दिवसको अवसर पारी महासंघले चौतारा सांगाचोक गढि नगरपालिका मा. बि. स्तरमा “वातावरण संरक्षणका लागि सम्बृद्व वन व्यवस्थापनमा हाम्रो भुमिका ” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम श्री इर्खु मा. वि. इर्खुमा सम्पन्न गरेको छ ।सो प्रतियोगितामा नगरपालिका भित्रका २४ माध्यमिक विद्यालयहरु मध्य १८ वटा बिधालयहरुको सहभागिता रहेका थियो । प्रतियोगितामा सहभागिहरु मध्य प्रथम स्थान श्री सेतिदेवी मा. वि. स्याउलेकी छात्रा रेनुका तामाङ , दोस्रो स्थान श्री डडुवा भवानी शंकर मा. वि. डडुवाकी छात्रा अश्मिता यादव , तेस्रो स्थान श्री कालिदेवी मा.बि वि.कदम्बासका छात्र अभिषेक भुजेल र सान्त्वना स्थान गर्ने श्री इर्खु मा. वि. ईर्खुकी छात्रा अश्मिता तामाङले हासिल गरेका छन ।
कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेको प्रमुख आतिथ्यता, चौतारा सागाचोकगडी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष अमृत बहादुर दंगालको र डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका डिभिजन वन अधिकृत मदन कंडेलको विशेष आतिथ्यता रहेको थियो । तेस्तैसामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य गंगा खड्का , बाग्मती प्रदेश महासंघका सचिवालय सदस्य शिव नेपाल र लालकुमारी अधिकारी लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा जिल्ला महासंघका पदाधिकारीहरु, स्थानीय महासघका पदाधिकारिहरु, सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रतिनिधिहरु , ईर्खु कल्ललेरी प्रहरी चौकिका प्रतिनिधीसहभागि बिध्यालयका प्र. अ. तथा शिक्षकहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि, सामुदायिक वनका उपभोक्ताहरु इर्खु मा.वि. विद्यार्थीहरुको उपस्थितीमा कर्यक्रममा चौरारा सांगाचोकगढी नगरपालिक ८ का वडा अध्यक्ष अमृत बहादुर दंगाल, क्गौतारा स्थानिय महासंघका अध्यक्ष ऋषि नेपाल, हेलम्बु स्थानिय महासंघका अध्यक्ष गंगानाथ भण्डारी, श्री ज्ञान मन्दिर नमुना मा. बि. मेलचौर र श्री ईर्खु मा. बि. ईर्खुलाई सम्मान तथा कदर पत्रले सम्मान गरियको थियो । प्रतियोगितामा दिल कार्किको संयोजकत्वमा गंगा खाडका र प्रभा सुवेदी सहितको तीन सदस्यीय निर्णायक मन्डल गठन गरियको थियो । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनक राज गिरिको सभाध्यक्षतामा समपन्न कर्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका कार्यक्रम संयोजक यज्ञ दंगालले शब्द द्वारा स्वागत गर्नु भयको थियो भने ईर्खुका शिक्षाक यज्ञनाथ दंगाल ले सन्चालन गर्नुभयको थियो ।
यसैगरी उक्त दिवसकै अवसरमा जिल्ला महासंघ सिन्धुपाल्चोकले रानिपोखरी सामुदायिक बन समूह ईर्खुमा २५ श्रवण२०८२ कादिन बिहान चौतारा सागाचोक गढी नगरपालिका वडा नँ ८ का वडा अध्यक्ष अमृत बहादुर दंगालको प्रमुख आतिथ्यतामा फल्फुल लगायत अन्ने प्रजातिको बृक्ष रोपन गरेको थियो कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ नेपालका पुर्व केन्द्रिय सदस्य रामचन्द्र बस्नेत, डिभिजन बन कार्यलय सिन्धुपाल्चोकका अधिकृत रमेश दुलाल, प्राकृतिक श्रोत दोन्द रुपान्तरण केन्द्रका रास्ट्रिय श्रोत ब्यक्ती नेत्र धिताल सामुदायिक बन उपभोक्ता महासंघ नेपाल बाग्मती प्रदेश सदस्य टीका सुवेदी , सब डिभिजन बन कार्यालयका रेन्जर कमला श्रेष्ठ, वडा नँ ८ का वडा सद्स्य कार्सान्फ तमाङ, जिल्ला महासंघ, स्थानिय समाजसेविहरु, रानिपोखरी, कल्लेरी, र लक्षीमी सामुदायिक बन समुहका अध्यक्ष तथा उपभोक्ताहरुको सहभागीता थियो कारम सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्ध्का अध्यक्ष जनक राज गिरोको सभाध्यक्षता र कार्यक्रम संयोजक यज्ञ दंगालको सन्चालनमा सम्पन्न भयको हो ।