धेरै ‘नेगेटिभ’ कुरा आएकाले लगानी गर्न खोज्नेहरुको आत्मविश्वास कमजोर भयोः मन्त्री महत

१३ माघ २०८०, शनिबार १५:४८

अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गरेका छन् । शनिवारबाट राजधानीमा शुरु भएको मार्केटिङ समिट २०२४ मा उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको दावी गरेका हुन् ।

महतले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि लगानीको अभाव नहुने जिकिर गर्दै मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको बताए । यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने उनले बताए । महतले सरकारले नेपालमा लगानी भित्राउनका लागि आगामी वैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलन लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी गरिरहेको बताए ।