x

दुई पूर्वमन्त्री र विचौलियालाई लिचिबारी मुद्दा

२२ आश्विन २०८२, बुधबार ०९:३२

काठमाडौं । घुस लेनदेनको प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका २ मन्त्रीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि, व्यवस्था सहरकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठमाथि घुष प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्न लागेको हो । दुई मन्त्रीसहित ५ जना विचौलियालाई पनि प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारले पोखराको लिचीबारी प्रकरणमा तत्कालीन मन्त्री गुप्ता र श्रेष्ठ विरुद्ध मुद्धा दायर गर्न लागेको हो । गत असार २८ मा तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो । कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वासन सहित उनले त्यो रकम लिएका थिए ।