तनहुँ बस दुर्घटनाः मृत्यु हुनेको संख्या २७ पुग्यो

७ भाद्र २०८१, शुक्रबार १५:२०

काठमाडौं, ७ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । आज (शुक्रबार) आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

घाइतेको उद्धार गर्दै सुरक्षाकर्मी तनहुँ, ७ भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी नदीमा शुक्रबार खसेको बसका घाइते यात्रुको उद्धार गर्दै सुरक्षाकर्मी । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस नदीमा खसेको छ । तस्बिर सौजन्य : नेपाली सेना/रासस