एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्री लेखकको भनाई

१९ भाद्र २०८१, बुधबार ०८:००

काठमाडौं, १९ भदौ । गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबीच सत्ता सहकार्यको लागि भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री लेखकले एमालेसँग भएको सहमति इमान्दार रुपमा कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए।सम्बोधनको क्रममा उनले भने,‘एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्नुहोस, कांग्रेस इमानदार छ । दुवै दल इमानदार छौं ।’ उनले एमालेसँग भएको ७ बुँदे सहमति पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा कुनै समस्या नहुने जिकिर गरे । तस्विर : जनक भट्ट/फेशबुक