– रबिन दनुवार, सिन्धुपाल्चोक
असोज २१
उमेरले बृद्ध भए पनि उत्साह र समाज सेवाको भावना कहिल्यै बुढिँदैन भन्ने उदाहरण बनेका छन् सिपाघाटका बृद्ध बाहाहरु।
काभ्रेको मण्डनदेउपुर नगरपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई जोड्ने सिपाघाटको पक्की पुल आइतबार बिहान असामान्य रुपमा चहलपहल देखियो। हातमा झाडु, डोका र पानीका बाल्टिन बोकेर बृद्ध बाहाहरु पुल सफा गर्न जुटेका थिए।
यी बृद्ध बाहाहरु राधाकृष्ण मन्दिरमा हरेक एकादशीका दिन भजन–कृतनमा सहभागी हुने गर्छन्। यसपटक उनीहरूले पूजाआजसँगै पुल सरसफाइ अभियान सञ्चालन गरेर स्थानीय युवालाई सन्देश दिएका छन्।
राधाकृष्ण भजन–कृतन सञ्चालक संयोजक आनन्द प्रसाद श्रेष्ठले भने,
“यो अभियान युवापुस्ताका लागि सिकाइ होस् भन्ने उद्देश्यले सुरु गरिएको हो। उमेरले बृद्ध भए पनि समाज रुपान्तरणमा हाम्रो जोश कहिल्यै घट्दैन।”
श्रेष्ठका अनुसार बृद्ध बाहाहरुले विगतदेखि नै मठ–मन्दिर, पार्टी पौवा, विद्यालय परिसर र सार्वजनिक स्थानहरूमा सरसफाइ कार्य गर्दै आएका छन्।
उनले स्थानीय निकाय र युवाहरूसँग सहकार्य गरेर नियमित सरसफाइ अभियान निरन्तरता दिने पनि बताए।
📸 फोटो क्याप्सन:
सिपाघाटमा रहेको पक्की पुल सरसफाइमा जुटेका राधाकृष्ण मन्दिरका बृद्ध बाहाहरु। (फोटो: रबिन दनुवार)

