ईन्द्रावती ५ वडा कार्यालयबाट सम्बन्धित किसानकाे ५०% लागत साझेदारीमा प्लाष्टिक पाेखरी तथा पानी तान्ने समर्सियल पम्प वितरण

१४ असार २०८१, बिहीबार ०९:१७

असार १३ गते । व्यावसायिक तरकारीखेतीमा संलग्न ईन्द्रावती ५ स्थित वडा कार्यालयबाट सम्बन्धित किसानकाे ५०% लागत साझेदारीमा प्लाष्टिक पाेखरी तथा पानी तान्ने समर्सियल पम्प वितरण गरिएको छ । तरकारीखेती गर्नमा सघाउ पुर्याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रम अन्तर्गत किसानलाई किसानलाई उपलब्ध गराएको हो । 

“व्यावसायिक तरकारीखेतीमा संलग्न तत्काल प्लाष्टिक पाेखरी तथा पानी तान्ने पम्प निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौँ”, वडाध्यक्ष शशीनाथ आचार्यले भन्नुभयो, “टनेल माग गरेका अन्य लाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौँ ।” त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो ।