ईन्द्रावती गाउँपालिका र चिनियाँ कम्पनीबीच कृषिमा आधुनिकीकरणका लागि सम्झौता

२० फाल्गुन २०८१, मंगलवार ०७:३४

ईन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक – ईन्द्रावती गाउँपालिका र चिनियाँ निजी कम्पनीबीच कृषि क्षेत्रमा आधुनिकीकरण गर्न सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यस सम्झौताअन्तर्गत आधुनिक प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्ने, कृषकहरूको जीवनस्तर सुधार गर्ने तथा कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।

आज मिति २०८१ साल फाल्गुन २० गते, मङ्गलवार, ईन्द्रावती गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष तथा चिनियाँ कम्पनीका प्रतिनिधिबीच द्विपक्षीय सहकार्यका विषयमा लिखित सम्झौता आदान-प्रदान भएको हो।

सम्झौताले ईन्द्रावती गाउँपालिकाका कृषकहरूलाई प्रविधिसँग जोड्दै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, भविष्यमा थप सहकार्यका सम्भावनाहरू पनि खुला रहने बताइएको छ।