सिन्धुपाल्चोक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (LISA) नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार ८५.७५ अंकसहित इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको दोस्रो उत्कृष्ट स्थानीय तह बनेको छ ।

यस वर्षको स्वमूल्याङ्कनमा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित पहिलो स्थानमा रहँदा, इन्द्रावती गाउँपालिका नजिकैको अंकसहित दोस्रो स्थानमा पुगेको हो ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सहकार्य–समन्वय जस्ता सूचकमा राम्रो प्रदर्शन गर्दै इन्द्रावतीले उच्च स्थान हासिल गरेको हो ।

यसैगरी, सिन्धुपाल्चोकका अन्य स्थानीय तहमध्ये जुगल गाउँपालिका – ८५ ४. बलेफी गाउँपालिका – ८४.७५ ५. चौतारा साँगाचोकगढी नगरपालिका – ८२.७५ ६. भोटेकोशी गाउँपालिका – ७९.७५ ७. त्रिपुरासुन्दरी गाउँपालिका – ७९ ८. सुनकोशी गाउँपालिका – ७८.५ ९. लिसंखुपाखर गाउँपालिका – ७५.५ १०. बाह्रबिसे नगरपालिका – ७५.२५ ११. पाँचपोखरी थाङ्पाल गाउँपालिका – ७२.२५ प्राप्त गरेका छन्। ।