
१३ माघ २०८१, आईतवार ११:३९
इन्द्रावती गाउँपालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम आदरणीय पालिका प्रमुख श्री झम्क नेपालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा आगामी २०८१ माघ २२ देखि २०८१ माघ २५ सम्म सञ्चालन हुने HPV खोप अभियानका लागि आवश्यक तयारीबारे छलफल गरियो।
यस अभियान अन्तर्गत पालिकाका सबै विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई खोप लगाइनेछ। अभियानमा कुल ९९९ छात्रालाई खोप लगाउने लक्ष्य राखिएको छ।
पालिका भित्रका सबै सरोकारवालालाई अभियानलाई सफल बनाउन आवश्यक सहयोग गर्न आग्रह गरिएको छ।


