२६ पुष २०८१, शुक्रबार १५:३४
इन्द्रावती गाउँपालिकाको सातौँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष झम्क नेपालको सभाध्यक्षतामा सम्पन्न अधिवेशनबाट विभिन्न प्रस्तावहरु पारित गरेको छ । गाउँसभाले ईन्द्रावती गाउँपालिका शिक्षा ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१, आ. व. २०८१/०८२ को योजना तथा कार्यक्रम संशोधन, ईन्द्रावती गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८१ र विविध/ जानकारी आधारभूत शिक्षा उत्तीर्ण (कक्षा-८) परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ पारित गरेको छ । उक्त प्रस्तावहरु क्रमश : प्रवक्ता एवं ५ नं. वडा
अध्यक्ष शशिनाथ आचार्य, उपाध्यक्ष सोभना तामाङ र प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले सभामा पेश गर्नुभएको थियो । उक्त प्रस्तावहरु सभाका उपस्थित सबै सदस्यहरूको सहमतिमा पारित भएको गाउँपालिकाले जनाएको छ ।
साथै गाउँसभा भन्दा अगाडी इन्द्रावती गाउँपालिकाले नेपाल पत्रकार महासंघको १२ औं अधिवेशन बाट निर्वाचित जिल्ला अध्यक्ष सहित पदाधिकारीहरु र हालसालै दक्षिण अफ्रिकाका लागि नियुक्त हुनुभएका राजदुत कपिल श्रेष्ठलाई सम्मान गरेको थियो ।