आबुखैरेनी बस दुर्घटना: १४ जनाको मृत्यु, २९ जनाको उद्दार

७ भाद्र २०८१, शुक्रबार १०:२९

logo
swarnapatra logo

आबुखैरेनी बस दुर्घटना: १४ जनाको मृत्यु, २९ जनाको उद्दार

स्वर्णपत्रस्वर्णपत्र शुक्रबार, २०८१ भदौ ७ गते, १३:२६ मा प्रकाशितसम्पूर्णपत्र

2Shares

facebook sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको हो ।

बस दुर्घटनामा परेका २९ यात्रुको भने उद्धार भएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

घाइतेको उद्धार गर्दै सुरक्षाकर्मी तनहुँ, ७ भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी नदीमा शुक्रबार खसेको बसका घाइते यात्रुको उद्धार गर्दै सुरक्षाकर्मी । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस नदीमा खसेको छ । तस्बिर सौजन्य : नेपाली सेना/रासस