
२९ चैत्र २०८१, शनिबार १५:०९
सिन्धुपाल्चोक, चैत्र ३० – अनेमसंघ पाँचपोखरी थाङ्गपाल गाउँपालिका कमिटीको दोस्रो सम्मेलन आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। सम्मेलनमा अनेम संघकी केन्द्रीय सचिव शारदा देवी कुमाल प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
सम्मेलनबाट सर्वसम्मत रुपमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार कल्पना पण्डित खनाल अध्यक्षमा निर्वाचित भएकी छन्। त्यस्तै, जसकुमारी तामाङ र इन्द्रमाया श्रेष्ठ उपाध्यक्ष, रिता तामाङ कोषाध्यक्ष, सञ्जिता तामाङ सचिव, सीता जिम्बा सह–सचिव चयन भएका छन्। साथै, अन्य १२ जना महिला सदस्यमा चयन भएका छन्।
नयाँ नेतृत्वले महिला सशक्तीकरण, संगठन विस्तार तथा राजनीतिक चेतना अभिवृद्धि गर्न सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ। निर्वाचित सम्पूर्ण लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।


